Posts

तीर

Image
  तीर -          भानुभक्त बिष्ट हातगोडा एक्कासी लल्याकलुलुक गले । मन भिरको टाकुराबाट खसेझैँ चिसो भएर अत्तालियो । वर्षौँपछि कहिल्यै नसुनेको र नचिताएको सुन्नुपर्दा मेरा कान किंकर्तव्यविमूढ भए । केही दिनयता सरुको व्यवहारमा आएको परिवर्तनले म अवाक थिएँ । भलै लोग्ने हुनुको नाताले पनि सोबारे जान्ने अधिकार राख्थेँ । मैले उसलाई सोधेको यत्ति हो – “ सरु , तिमी पहिलेको जस्तो ‘ सरु ’ रहेनौ । तिमी किन यसरी बदलियौ ? मैले के बिराएँ ?” ऊ निकैबेर एक तमासले घोत्लिई । अनुहारभरि औंशीको रात पोतेर मुन्टो अर्कोतिर बटारी । मैले चिने र देखेदेखि उसलाई पहिलोपटक यतिबिघ्न उजाड र बेचैन देखेको हुँ । वर्सात्अघि मडारिएको कालो बादललाई चिरेर चट्याङ्ग परेजस्तो ऊ अकस्मात् बोली -   “ म अब यो घरमा बस्न सक्दिन । मेरो यो अन्तिम निर्णय हो । मलाई तुरुन्त डिभोर्स चाहियो। “ महिना दिनअघि जापानबाट फर्किएकै रात उसले यही कुरा बर्बराएकी थिई । कार्तिकको जाडोमा सँगै दुईतिर सुरक्षा गार्ड जसरी सुतेका छोराछोरीमा यो कुरा कत्तिको गढ्यो , भेउ पाइन । म भने त्यो रात पनि उसरी नै झस्किएको...

Reflection

Image
   - Bhanu Bhakta Bista When bulbs are dead candles wake up pushing the darkness away to the corners at the backdrop and there wake my hopes and sensations up - alive... Darkness is like a dictator - a great chancer When light rules it hides somewhere around or just underneath the bed; as if defeated secretly colonizing the unseen and unvisited And as chance befriends re-establishes its kingdom. With a little candle in my hand I believe I can stand sovereign  guarded by the pillars of knowledge I've accumulated so far, But fear intervenes at times if it happens like the candle that dies out after a few hours of its survival. Sometimes - in these hours of silence candles reflect me in themselves and there I see  hopes still flickering on the walls of life...